२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयक अगाडि बढ्छ : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् ।

प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’

यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् ।

‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताविहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने,’त्यो दिशातर्फ हामी पहलकदमी लिन्छौँ । तर नागरिकताको विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा हामी छौँ । यसमा सबै दलको नेतृत्व, देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको व्यक्तिले उपयुक्त राय दिन जरुरी हुन्छ । सबै पक्षको सहमति कायम गरेर अगाडि बढ्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस