१५ हजार घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१५ हजार घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ


१९ चैत्र २०७९, आइतबार


बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना खरदार र लेखापढी कानुन व्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत राम विश्वास साह कानु र लेखापढी कानुन व्यवसायी गौरीशङ्कर कुशवाहलाई १५ हजार घुस लिएको आरोपमा रकमसहित बाराबाट पक्राउ गरेको हो ।

जग्गा रजिस्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस