सांसद सिंहको प्रश्न : यी ठुला दलहरूले मिसन महाकाली कहिले सुरु गर्ने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद सिंहको प्रश्न : यी ठुला दलहरूले मिसन महाकाली कहिले सुरु गर्ने ?


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । राप्रपा सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सत्ता जान्छ भन्ने डरले नबोलेको हो कि भन्दै प्रश्न गरे ।

उनले भने, ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जान सक्छ भन्ने डरले बोल्न नसकेको हो कि ? म भन्न चाहन्छु यी ठुला दलहरूले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरूलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले ?’

Tags :
प्रतिक्रिया दिनुहोस