गृहमन्त्री श्रेष्ठको निर्णय : सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्न पाउने नियम खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री श्रेष्ठको निर्णय : सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्न पाउने नियम खारेज


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

शुक्रवार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

उनले भने, ‘मैले पद बहाली गर्दा दुईवटा विषयमा फाइलमा हस्ताक्षर गरेको छु । त्यो दुईवटै विषय प्रस्तावको रूपमा मन्त्रिपरिषदको बैठकमा पेस गरिनेछ । मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ । र, त्यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि प्रस्तुत गर्ने मैले प्रस्तावमा सही गरेँ । त्यो मन्त्रिपरिषद् जान्छ ।’

उनले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन पनि दिएका छन् । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए ।

कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनले कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस