काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनलाई गृहको जिम्मेवारी दिएका हुन् । गृहको नेतृत्वमा १० वर्षपछि फर्किएका उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका हुन् ।
गृहमा फर्किएपछि उनले भने, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’