सबैले विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल पार्ने मन्त्री खड्काको प्रतिबद्धता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सबैले विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल पार्ने मन्त्री खड्काको प्रतिबद्धता


१७ चैत्र २०७९, शुक्रबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण लगत्तै मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरवारमा मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

सामूहिकताको भावले सबैले सबैलाई सम्मान र विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने उनको भनाई थियो । न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने उनले बताए ।

‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरू प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्नेछौँ’, मन्त्री खड्काले भने ‘हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ’,

Tags :
प्रतिक्रिया दिनुहोस