सार्वजनिक सेवालाई चुस्त, दुरुस्त बनाउन प्रतिबद्ध छु : प्रजिअ जोशी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सार्वजनिक सेवालाई चुस्त, दुरुस्त बनाउन प्रतिबद्ध छु : प्रजिअ जोशी


१६ चैत्र २०७९, बिहिबार


डोटी । प्रमुख जिल्ला अधिकारी किरण जोशीले सार्वजनिक सेवालाई चुस्त, दुरुस्त, सरल र सहज बनाउन प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रशासन डटकमसँग कुराकानी गर्दै प्रजिअ जोशीले आफ्नो पहिलो प्राथमिकता नै आम नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याई सेवालाई सहज बनाउने रहेको बताएकी हुन् ।

सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बन्न सफल भई आफ्नै क्षेत्रमा सेवा गर्न पाउँदा आफू भाग्यमानी भएको जोशीले बताइन् । उनले भनिन्,‘मेरो प्रमुख प्राथमिकता नै सेवालाई नागरिकमैत्री गुणस्तरीय बनाउनु हो । अन्य जिल्लाका समसामयिक सवालहरूमा जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वय सहकार्य गरेर अगाडी बढ्ने छु ।’

सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी जोशीले आजदेखि दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी छन् ।

२०६१ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेकी जोशीको पहिलो पोस्टिङ जिल्ला शिक्षा कार्यालय बैतडीमा भएको थियो । जोशीले २०६२ सालमा नायब सुब्बा, २०६७ सालमा अधिकृत र २०७७ सालमा उपसचिवमा नाम नाम निकालेकी थिइन् ।

गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस