प्रधानमन्त्री थ्री नेसन्स कप : आज नेपाल र भुटान भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री थ्री नेसन्स कप : आज नेपाल र भुटान भिड्दै


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

खेल दशरथ रंगशाललामा साँझ ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा लाओसलाइ २-० गोलले पराजित गर्दा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए।

लाओससँग २ गोल बाहेक अधिकांश समय नेपाल फितलो देखिएको थियो।

भुटान लाओससँग २-१ गोलले हारेको थियो। नेपालविरुद्ध २ गोल अन्तरको जीत हात पारे भुटानले फाइनलमा स्थान बनाउनेछ। लाओस भने बाहिरिनेछ।​ भुटानसँग ३ गोल अन्तरको हारले नेपालको फाइनल खेल्ने सपना समाप्त हुनेछ।

पछिल्लो पटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो। फाइनलमा नेपालले २-१ गोलको जीत हात पार्दै स्वर्ण पदक जितेको थियो।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन्। .

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पाउनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस