खुटिया दिपायल फास्ट ट्रयाक र खप्तडको विकास प्रमुख प्राथमिकता हो : मुख्यमन्त्री शाह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खुटिया दिपायल फास्ट ट्रयाक र खप्तडको विकास प्रमुख प्राथमिकता हो : मुख्यमन्त्री शाह


१४ चैत्र २०७९, मंगलबार


डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताएका छन् ।

नेपाली कांग्रेस डोटीले सोमबार दिपायलमा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा भेटघाट कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका थिए ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री शाहले भने, ‘हाम्रो प्रमुख प्राथमिकता भनेको खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु हो’ यसका साथै प्रदेश सरकारका गौरवका योजनालाई समेत प्राथमिकता दिने बताएका थिए ।

आफू जनताको काम गर्न मुख्यमन्त्री पदमा नियुक्त भएकोले प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गरी एकद्धार प्रणाली मार्फत स्रोत साधनको पूर्ण सदुपयोग गरी जनताको शिर निहुराउन नदिने समेत मुख्यमन्त्री शाहले बताएका थिए ।

मुख्यमन्त्री शाहले सोमबार शिखर नगरपालिका वडा नम्बर ११ मा रहेको नदी कटान क्षेत्रको अवलोकन समेत गरेका थिए । मुख्य मन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा पनि पहाडी जिल्लाको भ्रमणमा डोटी पुगेका हुन् ।

मुख्यमन्त्री शाह सोमबार गृह जिल्ला अछाम गएका छन् । मुख्यमन्त्री शाहको आजदेखि जिल्लाका विभिन्न स्थानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस