संवैधानिक आयोगहरू जागिर खाने थलो बन्नु हुन्न: गणेशप्रसाद तिमिल्सिना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संवैधानिक आयोगहरू जागिर खाने थलो बन्नु हुन्न: गणेशप्रसाद तिमिल्सिना


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

मङ्गलवार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुने पनि बताएका छन् । उनले तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्तकालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए।

उनले आयोगका लागि आवश्यक स्रोत, साधनाको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए।

Tags :
प्रतिक्रिया दिनुहोस