२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजो लिएको आरोपमा नेहाका ससुरा थुनामा

अ+ अ-

काठमाडौँ । छोराको बिहेमा दाइजो लिएको आरोपमा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का ६० वर्षीय राम प्रवेश चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

मङ्गलवार जिल्ला अदालत महोत्तरीका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालतको चार नम्बर इजलासमा थुनछेक बहस भएपछि चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जाहेरीवालाको तर्फबाट बहस गरेकी अधिवक्ता रिंकु कुमारी यादवले जानकारी दिइन्।

जाहेरीवालाको तर्फबाट जिल्ला न्यायाधीवक्ता मनोज कुमार गुप्ता र अधिवक्ता रिंकु कुमारी यादवले बहस गरेकी थिइन्। चौधरी विरुद्ध अभियोग पत्र दर्ता भएपछि मङ्गलवार जिल्ला अदालतमा बहस भएको अधिवक्ता रिंकुले जानकारी दिइन्।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै मुद्दाको किनारा नलाग्दासम्म चौधरी थुनामै रहने छन्। 

महोत्तरीको औरही नगरपालिका-१ की २१ वर्षीया नेहा चौधरीले ससुरा राम प्रवेश चौधरी विरुद्ध गत पुस २१ गते जिल्ला अदालत महोत्तरीमा दाइजो सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन्। मुद्दा दर्ता भएसँगै फरार रहेका नेहाका ससुरा रामप्रवेशलाई महोत्तरी प्रहरीले आइतबार पक्राउ गरेको थियो।

यसअघि नै पक्राउ परेका नेहाका श्रीमान् डा. पङ्कज चौधरीलाई अदालतले पुर्पक्षको कारागार पठाइसकेको छ । नेहाले श्रीमान् पङ्कजमाथि पाँच वटा मुद्दा दर्ता गराएकी छिन्। अंश, माना चामल, घरेलु हिंसा, जलसाजी लिखित बदर र दाइजो सम्बन्धी मुद्दा हालेकी हुन्। श्रीमान् पङ्कजले पनि नेतासँग सम्बन्ध विच्छेद गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

नेहा र डा.चौधरीबीच २०७८ फागुनमा विवाह भएको थियो। 

प्रतिक्रिया दिनुहोस