नारायणी अस्पतालमा एमआरआई मेसिनमा अख्तियारको चासो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणी अस्पतालमा एमआरआई मेसिनमा अख्तियारको चासो


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई मेसिनको विषयमा चासो राखेको छ ।

आयोगको केन्द्रीय कार्यालयबाट दुई जना इन्जिनियर बुधबार वीरगञ्ज पुगेर एमआरआई मेसिनको अवस्थाबारे जानकारी लिएका छन् ।

उनीहरूले एमआरआई मेसिनको निरीक्षण गर्नुको साथै अनुसन्धानका लागि एमआरआईसँग सम्बन्धित कागजपत्र समेत लिएर गएका छन् । आयोगका प्रवक्ता भोला दाहालले नारायणी अस्पतालमा खरिद गरिएको एमआरआई मेसिनबारे परेको उजुरीको अनुसन्धानका लागि दुई जना इन्जिनियरलाई पठाइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस