कर्मचारीमाथि कालो मोसो दलेको आरोपमा ६ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कर्मचारीमाथि कालो मोसो दलेको आरोपमा ६ जना पक्राउ


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ। जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालो मोसो दलिएको छ । मङ्गलवार साढे ३ बजेतिर भेरी नगरपालिकातर्फ किस्ता उठाउन गएका एनआईसी एसिया लघुवित्त शाखा कार्यालय जाजरकोटका कर्मचारी गोपाल उपाध्यायमाथि कालोमोसो दलिएको हो । 

सम्बन्धित समाचार : लघुवित्तका कर्मचारीमाथि कालो मोसो, किस्ताको रकम पनि लुटियो

उनी भेरी नगरपालिका अन्तर्गत वडा नम्बर ११ को जग्दिपुरमा किस्ता उठाउन गएका थिए । जाजरकोटका डिएसपी सन्तोष रोक्काले किस्ता उठाउने क्रममा दुई जना कालो मास्क लगाएका अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेको जानकारी दिए । 

उपाध्यायको साथमा रहेको केही रकम र झोला समेत अज्ञात व्यक्तिहरूले लिएका थिए । डिएसपी रोक्काले कालोमोसो दल्ने समूहमा संलग्न सम्भावित ६ जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस