लघुवित्तका कर्मचारीमाथि कालो मोसो, किस्ताको रकम पनि लुटियो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

लघुवित्तका कर्मचारीमाथि कालो मोसो, किस्ताको रकम पनि लुटियो


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालो मासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालो मासो दलेको पाइएको जाजरकोटका डिएसपी सन्तोष रोक्काले जानकारी दिए । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डिएसपी रोक्काले बताए ।

डिएसपी रोक्काका अनुसार १६ गते उक्त स्थानमा एनआईसी एसिया लघुवित्तको किस्ता उठाउने मिति पुगेको र सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका थिए । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेको उनको भनाई छ । ५ जना नियन्त्रणमा लिएर सोधपुछसमेत भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस