डिएसपी कोजुलाई सेवाबाट हटाउने गृहको तयारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

डिएसपी कोजुलाई सेवाबाट हटाउने गृहको तयारी


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डिएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।

गैर हाजिर भएका डिएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि गृह मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।

डिएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेपनि तर उनी सम्पर्कमा नआएको बताइएको छ । 

कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृह मन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।

सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए ।

तर, कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृह मन्त्रालयले ठहर गरेको छ ।

उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृह मन्त्रालयले पुनः किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस