हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई १-१ लाख दिने सरकारको निर्णय  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई १-१ लाख दिने सरकारको निर्णय 


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । बागमती प्रदेश सरकारले हात्तीको आक्रमणमा मृत्यु भएका तीन जनाका परिवारलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी-४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया-५ का सन्तलाल माझी र सिन्धुली कनपा-१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलका परिवारलाई १र१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

सिन्धुलीका पौडेलको १३ गते, मकवानपुरकी अधिकारीको फागुन ८ गते हात्तीको आक्रमणका कारण ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस