बिमा अभिकर्ता इजाजत पत्र नवीकरण गर्न आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिमा अभिकर्ता इजाजत पत्र नवीकरण गर्न आग्रह


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले मङ्गलवार एक सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने पनि जानकारी गराइएको छ । 

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर ९प्यान० कार्ड अनिवार्य बुझाउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस