केन्द्रको समीकरणले लुम्बिनी प्रदेश सरकार फेरबदल हुँदैन : मुख्यमन्त्री गिरी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

केन्द्रको समीकरणले लुम्बिनी प्रदेश सरकार फेरबदल हुँदैन : मुख्यमन्त्री गिरी


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको ‘ग्रास रुट अभियान’अन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रपति निर्वाचनका क्रममा केन्द्रमा राजनीतिक समीकरण फेरिए पनि प्रदेश सरकार फेरबदल नहुने र संसदीय व्यवस्थाको मर्म अनुसार आफूहरू अगाडि बढ्ने बताएका हुन् ।

प्रदेशसभाको ठुलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा नदेखिने दाबीसमेत गरे ।

उनले सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढ्ने र सबै दलसँग सहकार्य गर्ने बताए ।

केन्द्र सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी–विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी कार्य हुन थालेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस