निर्माणाधीन संरचनामा प्रयोग भइरहेका सामग्रीको नमुना सङ्कलन गर्दै अख्तियार  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्माणाधीन संरचनामा प्रयोग भइरहेका सामग्रीको नमुना सङ्कलन गर्दै अख्तियार 


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । पर्साको धोबिनी गाउँपालिका निर्माणाधीन आधारभूत अस्पतालमा कमसल सामग्री प्रयोग भएको उजुरीको आधार सोमबार अख्तियारको टोली नमुना सङ्कलन गर्न गाउँपालिका कार्यालय पुगेको छ। 

वडा नम्बर ३ भिखमपुरमा निर्माणाधीन १५ शय्याको अस्पतालमा कमसल सामग्री प्रयोग भएको उजुरीको आधार नमुना सङ्कलन गर्न त्यहाँ गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए। 

उनका अनुसार अख्तियारको टोली उजुरीमा उल्लेख भए अनुसारको जाँचबुझ गर्न सम्बन्धित स्थानमा पुगेको हो। गाउँपालिकाका इन्जिनियर रविभुषण पटेलका अनुसार अहिलेसम्म १५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको पुर्जा ९पाँच शय्याको हकमा ५।६ रोपनी तथा १० वा १५ शय्याको हकमा ७.२ रोपनी तथा डिपिआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ।

यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १५ मंसिर ०७७ मा बालुवाटारबाट एकसाथ तीन सय ९६ अस्पतालको भर्चुअल शिलान्यास गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस