काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेस गर्न आदेश दिएको छ ।
नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।
उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौँबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । उनको मागबमोजिम आदेश जारी भएन ।
आइतबार पुनः सुनुवाइ जारी रहने भएको छ ।