राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसक्यो : जनार्दन शर्मा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसक्यो : जनार्दन शर्मा


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमति जुट्ने बताएका हुन् । 

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भइसकेको तर साँझ बस्ने बैठकले उक्त सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ । 

आज ५ बजे नेपाली काँग्रेससहितको पाँच दलको बैठक बस्दै छ ।

सम्बन्धित समाचार : माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने तयारी

Tags :
प्रतिक्रिया दिनुहोस