माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने तयारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने तयारी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । चुनावअघि गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने विषयमा कुराकानी भएको छ ।

राष्ट्रपतिसहित सबै विषयमा प्याकेजमै आज सहमतिको प्रयास भइरहेको छ । त्यसका लागि बेलुका ५ बजे बैठक बोलाइएको छ ।

स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने विषयमा कुराकानी भएको छ ।

“यी सबै विषयमा बेलुका बस्ने बैठकले टुङ्गो लगाउँछ,” स्रोतले भन्यो, “माधव नेपाल त्यसमा सकारात्मक भएको पाएका छौँ । पार्टीभित्र छलफल गर्ने कुरा भएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस