सन्दीपको एक दिवसीय बलिङ वरीयतामा छलाङ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन्दीपको एक दिवसीय बलिङ वरीयतामा छलाङ


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एक दिवसीय बलिङ वरीयताको ३१औँ स्थानमा उक्लिएका छन् ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले सार्वजनिक गरेको एक दिवसीय बलिङको नयाँ वरीयतामा सन्दीप गएको हप्ताको तुलनामा १२ स्थानमाथि उक्लिएका हुन् । सन्दीप गएको साता यो वरीयताको ४३औँ स्थानमा थिए ।

घरेलु मैदानमा भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृङ्खलाका चार खेलमा १३ विकेट लिएका थिए ।

नाबालिगमाथि बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेकाले सन्दीप लिग-२ अन्तर्गतकै त्रिदेशीय शृङ्खलाका लागि युनाइटेड अरब इमिरेट्स (युएई) जान नपाउने भएका छन् । उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, विदेश जान रोक लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस