काठमाडौँ। शनिवारबाहेकका बिदाका दिन सरकारी कार्यालय खोल्ने बारे मन्त्रिपरिषद्को बैठकमा छलफल भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा सार्वजनिक बिदा धेरै भएको भनी सार्वजनिक रूपमा भएको आलोचनालाई कम गर्नका लागि महतपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।
एक मन्त्रीका अनुसार शनिवार बाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।