राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति चोरी आरोपमा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति चोरी आरोपमा पक्राउ


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । असल चालचलन भएको भन्दै ०७७ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका दुई व्यक्ति ७६ लाख रुपैयाँ बराबरको धनमाल चोरीको आरोपमा पक्राउ परेका छन्। 

मकवानपुरका रेशम रुम्बा र सागर तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनीहरू कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल बसी ०७७ सालको प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाई छुटेका थिए। 

उनीहरूसहितका व्यक्तिले बौद्ध फूलबारी बस्ने साङ्गे लामाको घरबाट गत ७ माघमा ४२ लाख रुपैयाँ बराबरको गहनासहित अन्य सामान र १ फागुनमा बौद्ध स्तुपास्थित ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए। 

उनीहरूसहित योङ्गा लिम्बू, जीवन मगर, पेम्बा लामा र डिमा वाङ्दी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट चोरीका सामानसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस