चिनियाँ राजदूतले भेटे माधव नेपाललाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिनियाँ राजदूतले भेटे माधव नेपाललाई


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

बुधबार नेपाल निवास कोटेश्वर पुगेर चेनले शिष्टाचार भेट गरेका हुन्।

नेपालमा राष्ट्रपति चुनाव नजिकिएसँगै चीन, भारत र अमेरिकाका कूटनीतिज्ञहरूको दौडधुप बाक्लिएको छ। बुधबार नै चिनियाँ राजदूत चेनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमै भेटवार्ता गरेका थिए।

राष्ट्रपति उम्मेदवारको रूपमा अध्यक्ष नेपालको पनि चर्चा भइरहेको सन्दर्भमा चिनियाँ राजदूतले उनलाई भेटेका हुन्। केही दिनअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस