सम्पर्कविहीन ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सम्पर्कविहीन ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी हेडक्वाटरले आज सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस