ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : मन्त्री लिङ्देन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : मन्त्री लिङ्देन


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा लगानी बिस्तारमा आफू लागिपरेको बताए ।

पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जा मन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिए । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागिपरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस