२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कुट्नेमाथि कारबाही गर्न प्राधिकरणको माग 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रौतहटको मौलापुरमा आफ्ना कर्मचारीमाथि भएको साङ्घातिक आक्रमणको विरोध गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले एक विज्ञप्ति जारी गर्दै गत शुक्रबार त्रिभुवन शाह उर्फ अमन लाल शाह र धीरज पाण्डेको नेतृत्वको २०/३० जनाको समूहले नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रबाट सहायक इन्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा जबरजस्ती चार पाङ्ग्रे गाडीमा राखेर लगेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमावली विपरीत चौधरीलाई अनधिकृत रूपमा विद्युत् लाइन जडान गर्न लगाउन खोज्दा नमानेपछि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले बताएको छ । ‘यस घटना प्रति जिम्मेवार व्यक्तिहरूलाई हदै सम्मको कारवाहीको लागि प्राधिकरणको स्थानीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भइसकेको छ । विद्युत् जस्तो अत्यावश्यक सेवामा खटिने इमान्दार राष्ट्रसेवक कर्मचारी माथि भएको दुर्व्यवहारप्रति नेपाल विद्युत् प्राधिकरण गहिरो खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘सो घटनाका दोषीहरूलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।’

घटनाको सन्दर्भमा मौलापुर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र लेखेर नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख लगायतका कर्मचारीहरू उपर लगाएको आरोप झुठो भएको दाबी पनि प्राधिकरणले गरेको छ । ‘राष्ट्रसेवक कर्मचारीमाथि यस्ता भ्रामक र झुठा आरोप लगाउने मौलापुर नगरपालिकाको कार्यप्रति नेपाल विद्युत् प्राधिकरण खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस