थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको थापाथली क्याम्पसमा नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ । विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस