इञ्जिनियर र सब-इञ्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इञ्जिनियर र सब-इञ्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा दायर 


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्जिनियर सरोज कुमार दाहाल र सव-इञ्जिनियर नवीन कुमार बिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सडक निर्माण योजनाको रकम हिनामिना गरेको आरोपमा इञ्जिनियर दाहाल र सब-इन्जिनियर बिसीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६-७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनामा गाउँपालिकाका तत्कालीन इञ्जिनियर दाहाल र सब-इन्जिनियर बिसीले आपसी मिलेमतो गरी ‘निगालपानी रेग बगौरा सडक निर्माण योजना’ सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियत पूर्वक वास्तविक भए/गरेको कार्य लुकाई-छिपाई नभए/नगरेको कुरा देखाई रकम हिनामिना गरेको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस