पोखरामा करिब ४५ यात्रु सवार बस दुर्घटना, थप विवरण आउन बाँकी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरामा करिब ४५ यात्रु सवार बस दुर्घटना, थप विवरण आउन बाँकी


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । पोखराको बेगनास-पोखरा सडक खण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस