राष्ट्रपतिद्वारा ३९५ कैदीबन्दीको कैद माफी मिनाहा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा ३९५ कैदीबन्दीको कैद माफी मिनाहा


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैद सजाय तथा जरिवाना मिनाहा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस