जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

यही फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डामा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने बस्नेतले बताए।

बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस