यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


५ फाल्गुन २०७९, शुक्रबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ४० पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २१ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस