जापानमा दुई नेपालीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानमा दुई नेपालीको मृत्यु


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफल डाँडाका ज्योति पुनको मृत्यु भएको हो ।  

पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा  अन्त्येष्टि गरिने एनआरएनए आइसिसी सदस्य दीपक कार्कीले जानकारी दिए । 

गैर आवासीय नेपाली सङ्घ जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताए । 

जापानमा यस वर्ष नेपालीहरूको मृत्युको संख्या  बढ्दो रहेको बताइएको छ । जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस