काँग्रेसको प्रमुख सचेतकमा झा नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेसको प्रमुख सचेतकमा झा नियुक्त


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस मधेस प्रदेशसभा संसदीय समितिको प्रमुख सचेतकमा कुमरकान्त झा नियुक्त भएका छन् । नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

संसदीय दलका नेता यादवले मङ्गलवार प्रदेश सांसद झालाई प्रमुख सचेतक नियुक्त गरिएको गरिएको पत्र प्रदान गरेका छन् । काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम झालाई प्रमुख सचेतक नियुक्त गरिएको हो ।

प्रमुख सचेतक झा समानुपातिकतर्फ धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि मधेस प्रदेशको सबैभन्दा ठूलो दल समेत रहेको सत्ता साझेदार दल नेकपा एमालेले प्रमुख सचेतकमा लखन दासलाई नियुक्त गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस