भारतका विदेश सचिव क्वात्राले गरे पशुपतिनाथको दर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतका विदेश सचिव क्वात्राले गरे पशुपतिनाथको दर्शन


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । भारतका विदेश सचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । तिनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले सोमबार साँझ पशुपतिनाथको दर्शन गरेका हुन् । 

क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए ।

महाशिवरात्रिको पूर्व सन्ध्यामा भारतीय विदेश सचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव डा. थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस