बालाजु बाइपासमा तनाव, प्रदर्शनकारीले जलाए प्रहरी भ्यान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालाजु बाइपासमा तनाव, प्रदर्शनकारीले जलाए प्रहरी भ्यान


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । 

प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् । 

सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुङ्गा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस