एक चरण पार लगाए, बाँकी भाग २ मा आउँछ : मन्त्री किराँती  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक चरण पार लगाए, बाँकी भाग २ मा आउँछ : मन्त्री किराँती 


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बाहिरबाट हेरे जस्तो मन्त्रालयको अवस्था नरहेको बताएका छन् । 

आफ्नो मन्त्रालयमा नाङ्गा बाबादेखि बोइङ जहाजका मालिकहरूसमेत आउने गरेको सुनाउँदै मन्त्रालयको काम भेग रहेको जानकारी दिएका हुन् । 

२८ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले विराटनगरमा सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै किराँतीले आफ्नो अनुभवमा मन्त्रीहरूलाई ८-९ दिन मै बिगार्ने प्रयास गरिएको तर आफूले एक चरण पार लगाएको पनि सुनाए । 

‘मेरो आफ्नै अनुभव चाहिँ मन्त्रीहरू बिग्रन चाहिँ ८-९ दिनमै बिगारिहाल्ने रहेछन् । एक चरणको पार लगाएको छु । अरू सबै पलपलको कुरा भाग २ मा आउनेछ,’ उनले भने । 

उनले बाहिरबाट हेर्दा जस्तो देखिएपनि भित्र मन्त्रालय अलिक भेग रहेको बताए । 

‘नाङ्गो जोगी, टप देशको सेलिब्रेटिदेखि आफ्नै बोइङ भएको मालिकहरू पनि यो मन्त्रालय भित्र पर्दो रहेछ । म भर्खर बुझ्दैछु । भर्खर २६-२७ दिन भयो,’ उनले भने । 

पर्यटनको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउँदै उनले यही कार्यकालमा पर्यटन क्षेत्रले डिपाचर गर्ने पनि सुनाए । 

Tags :
प्रतिक्रिया दिनुहोस