अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अपरिन अख्तर नेपाल आएकी छन्।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौँ आइपुगेकी हुन् । भ्रमणका क्रममा उनले काठमाडौँमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछिन्।

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस