नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराती « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराती


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका जहाज न्यूनतम १५ घण्टा उड्नुपर्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले विमान दैनिक न्यूनतम १५ घण्टा चल्नु पर्ने बताएका हुन् ।

“हाम्रा जहाजहरू दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्छ । हाम्रो संस्थान नाफामा जानुपर्छ । नेपाल एयरलाइन्स डुबेको म टुलुटुलु हेरेर बस्न सक्दिनँ,” उनले भने । नयाँ जहाज किन्ने बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

नेपालमा बनेका एयरपोर्ट पूर्णरुपमा चलाउनु पर्ने र त्यसका लागि कार्य योजना माग गरिरहेको उनले जानकारी दिए ।

कार्ययोजनाको आधारमा अनुगमन गरिरहेको उनको भनाई छ । मन्त्री किरातीले नीतिगत रूपमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताए ।

“नीतिगत रूपमा म पहल गर्छु । एयरपोर्ट के को आधारमा बनाइएको हो ? विजेनेस प्लान ल्याउनु पर्‍यो । अरबौँको लगानीमा बनेका संरचनालाई घाम तताएर राख्नु भएन,” उनले भने ।

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको उनले बताए । अहिले केही व्यवहारिक समस्या रहेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने धारण राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस