विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री शाह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री शाह


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन्।

शुक्रबार पदभार ग्रहण गरेपछि उनले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्।

उनले विश्वासको मत लिन आफूलाई ३० दिन समय नलाग्ने पनि बताए।

‘अबको केही दिनमै विश्वास मत लिन्छौँ र त्यसपछि मात्रै मन्त्रिमण्डललाई थप विस्तार गर्नेछौँ, हामीलाई विश्वासको मत लिन कुनै सकस हुने छैन,’ उनले भने।

उनले विश्वास मतका लागि माओवादी र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस