२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब ३ लाखसम्मको क्रेडिट कार्ड र ५ लाखको डिजिटल ऋणमा कर्जा सूचना नचाहिने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ लाखसम्मको क्रेडिट कार्ड कर्जा र ५ लाख रुपैयाँसम्मको विद्युतीय माध्यमबाट स्वीकृत हुने कर्जाको कर्जा सूचना लिन अनिवार्य नहुने व्यवस्था गरेको छ ।

यसअघि सुनचाँदी, मुद्दती रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा, २ लाखसम्मको क्रेडिट कार्ड कर्जा र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय (डिजिटल) माध्यमबाट स्वीकृत हुने २ लाखसम्मको कर्जामा कर्जा सूचना लिनु नपर्ने व्यवस्था थियो ।

अब क्रेडिट कार्ड र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट स्वीकृत कर्जाको कर्जा सूचना लिनुनपर्ने सीमा वृद्धि भएको छ । यस्तै राष्ट्र बैंकले १ करोड ५० लाख भन्दा माथिको आवासीय घर कर्जा मात्रै रियल स्टेट कर्जामा गणना हुने र त्यसभन्दा कमको कर्जा भने रियल स्टेट कर्जामा गणना नहुने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिटयान्स) बचत खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रति खातामा १०० रुपैयाँसम्म राख्न सक्ने र त्यस्तो रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गणना गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न भन्दै रेमिट्यान्स निक्षेपमा १ प्रतिशत अतिरिक्त ब्याज दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस