विदेशबाट गुलाबको फूल ल्याउन रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विदेशबाट गुलाबको फूल ल्याउन रोक


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । ‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाएको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरूलाई आयात अनुमति जारी नगर्न भनेको हो ।

नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयलाईहरु पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो ।

यो सूचनासँगै पूर्वको काँकडभिट्टा देखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाब आयात गर्न पाइने छैन । ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ’ परिपत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस