प्रधानमन्त्रीलाई भूकम्प पीडितको समस्या समाधान गर्न भीम रावलको आग्रह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीलाई भूकम्प पीडितको समस्या समाधान गर्न भीम रावलको आग्रह


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

रावलले केही दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेता रावलले केही दिन अघि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै रावलले यसबारेमा जानकारी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको समस्या समाधान हुने भनेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस