रविको पासपोर्टबारे तीन निकायबाट कागजात झिकाउने निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रविको पासपोर्टबारे तीन निकायबाट कागजात झिकाउने निर्णय


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ ।

आफू कहाँ पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौँका एक सरकारी वकिलले भने, ‘हामीले आज मात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण मगाएका छौँ ।

उहाँ (युवराज पौडेल सफल)ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण सङ्कलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाउने योजना छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस