अध्यक्षले कुटेको भन्दै अधिकृत छैटौँसहित दुई कर्मचारीद्वारा सिडिओसँग सुरक्षा माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अध्यक्षले कुटेको भन्दै अधिकृत छैटौँसहित दुई कर्मचारीद्वारा सिडिओसँग सुरक्षा माग


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । गाउँपालिकाका अध्यक्षले कुटपिट गरेको भन्दै अधिकृत छैटौँसहित दुई कर्मचारीले प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । धनुषाको मुखियापट्टि जय कुमार यादवले हातपात गरेको भन्दै सोही पालिकाका अधिकृत छैटौँ श्रवण कुमार यादव र नवीन कुमार साहले जीउ ज्यानको सुरक्षा गरी पाउँ भन्दै प्रजिअलाई निवेदन दिएका हुन् ।

हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएसँगै अध्यक्ष यादवसहित प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले कुटपिट गरेको उनीहरूको आरोप छ ।

गाली बेइज्जती र ज्यानै मार्ने धम्की दिएको भन्दै यादव र साहले आवश्यक कारबाहीका लागि समेत माग गरेका छन् ।

यसबारे वडाध्यक्ष यादवले भने एक महिना १८ दिनदेखि अफिस नआएको र प्रजिअलाई भनाएर हाजिर गराउन आउँदा भनाभन भएको बताए। ‘एक दिन अफिसमा आउने ८ दिनको हाजिर गरेर जाने’ उनले भने, ‘त्यसो नगर्नुस् भन्दा विवाद भएको हो’

१० बजेदेखि ५ बजेसम्म काम गर्नै पर्छ भनेर धेरै पटक भन्दा पनि समयमै कार्यालयमा नआउने र त्यसको गुनासो आफूले सुन्नु परेपछि काम गर्नुस् भन्दा उल्टै डन प्रवृत्ति देखाएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस