राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय दिने


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ ।

खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ ।

सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो ।

उक्त पार्टी केही दिन मन्त्रालयको कार्यभार सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भएको छलफलपछि मन्त्रालयको कार्यभार सम्हालिएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले आफूहरूले थप एउटा मन्त्रालय पाउने र त्यसका लागि छलफल चलिरहेको बताए ।

खानेपानी मन्त्रालय आफूहरूको प्राथमिकतामा नभएको र उद्योग वा अन्य कुनै विकासे मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै उनले प्रधानमन्त्रीले पनि थप एउटा मन्त्रालय दिने भनेको कारण आफूहरू आशावादी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस