सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच  भेटवार्ता  भएको छ। 

सिंहदरवारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ। 

सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड-१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे।  

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकाँग्रेस, स्थायी समितिका अध्यक्ष ली झानिसुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस